सोनापुर गोल्डकपको उपाधि इटहरी फुटबल क्लबलाई

न्युजलय ३ बैशाख २०८१, सोमबार ०३:१६ मा प्रकाशित

सुनसरी । तेस्रो संस्करणको सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले जितेको छ । सुनसरीको दुहबी नगरपालिकामा आइतबार सम्पन्न फाइनलमा आयोजक मेमोरी युवा क्लबलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । 


उपाधिसंगै इटहरीले नगद २ लाख ११ हजार पुरस्कार पाएको छ । उपविजेता आयोजक मेमोरी युवा क्लबले १ लाख ५५ हजार रुपैयाँमा चित्त बुझायो । इटहरीको जीतमा बिदेशी खेलाडी सुवाङले २ तथा कुलदिप कार्की र उमेश कार्कीले एक एक गोल गरे । आयोजकका तर्फबाट असिम राईले एक गोल फर्काए ।


विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदार, उपप्रमुख मेनुका खतिवडा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले पुरस्कार बितरण गरेका थिए ।