मोरङ कारागारका एक कैदीको मृत्यु

न्युजलय २ मङ्सिर २०८१, आइतबार ०२:५२ मा प्रकाशित

मोरङ ।  जिल्ला कारागार मोरङमा एक कैदीबन्दी मृत्यु भएको छ। 

विराटनगरमा रहेको कारागारमा आइतबार बिहान महानगरपालिका–८ का महानन्द रायको मृत्यु भएको हो।

कारागारका अनुसार ५५ वर्षीय रायको खुट्टामा समस्या रहेको र उपचारका लागि कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

कार्तिक २१ गते अस्पतालमा भर्ना गरिएका रायलाई उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी रोगसमेत रहेको उनले बताए। उनले उपचारका क्रममा आइसीयूमा मृत्यु भएको बताइएको छ ।

रायलाई घर भाडासम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले गत असोज १३ गते दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो। अदालतका अनुसार रायले घर भाडामा बसेको रकम करिब ९ लाख रुपैयाँ धरधनीलाई तिर्न बाँकी रहेको थियो।