मलेसियाबाट ४ नेपाली डिपोर्ट

न्युजलय २४ पुस २०८२, बिहिबार ०१:३८ मा प्रकाशित

काठमाडौं । मलेसियाबाट ४ नेपालीलाई देश निकाला (डिपोर्ट) गरेको छ। 

जोहार राज्यमा पक्राउ परेका ४ नेपालीसहित अन्य देशका २७ अवैधानिकलाई मलेसियाको इमिग्रेसनले देश निकाला गरेका छन्। जोहरको पेकान नेनास डिपोर्ट केन्द्रले ४ नेपालीसहित अन्य देशका २७ जनाई आजीवन प्रतिबन्ध गरी बाटिक एयरबाट नेपाल पठाएको हो।

अध्यागमन डिपोले विभिन्न नागरिकहरूबाट २७ कैदीहरूलाई देश निकाला गरेको छ। जसमा बंगलादेशका ११ जना, भारतका ७ जना र पाकिस्तानका ५ जना नागरिकहरूलाई डिपोर्ट गरिएको जनाएको छ।

उनीहरु सबैलाई केलाईए १ र केलाईए २ अन्तर्राष्ट्रिय विमानस्थल, सेनाई अन्तर्राष्ट्रिय विमानस्थल, स्टुलाङ लाउट फेरी टर्मिनल र सुल्तान इस्कन्दर भवन कम्प्लेक्स मार्फत आआफ्नो देशहरूमा फ्रिता पठाईएको जनाएको छ। डिपोर्ट भएका नेपालीहरुको नाम के–के हो उनीहरु के मुद्धामा जेल परेका थिए भन्ने केहि खुलाईएको छैन।

अध्यागमनका अनुसार कैदीहरूलाई स्वदेश फिर्ता लैजानको लागि टिकटको पूर्ण वित्तपोषणमा कैदीहरूको व्यक्तिगत बचत, परिवारका सदस्यहरूको योगदान र केही अवस्थामा देशको लागि उडान टिकटहरू सम्बन्धित दूतावासले वहन गर्नेछ।