सञ्जिव बराइलीसँग विवाह गर्दै गायिका मेलिना राई

न्युजलय ३ बैशाख २०७९, शनिवार ०१:०८ मा प्रकाशित

काठमाडौं । गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् ।


गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् ।


दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ । यसैबर्ष उनीहरू वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । विर्तामोड घर भएका सञ्जिव गिटारिस्ट तथा कम्पोजर हुन् ।