काठमाडौंको सुकेधारामा खोटाङका गिरीको शव फेला

न्युजलय ३२ बैशाख २०८१, मङ्गलबार ०१:१५ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगर ४ सुकेधारा चोकमा पुरुषको शव फेला परेको छ ।

सुकेधारा चोकस्थित रोयल मार्बल नजिकै सडकमा खोटाङ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ घर भएका गिरी सो एरियामा बस्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।