विराट कोहलीले टी–२० विश्वकपमा कीर्तिमान बनाए

न्युजलय १६ कार्तिक २०७९, बुधबार ०८:४१ मा प्रकाशित

काठमाण्डौ । भारतीय पूर्व कप्तान विराट कोहलीले टी–२० विश्वकपमा कीर्तिमान बनाएका छन्।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका कोहलीले १०१७ रन बनाउँदै विश्वकप टी–२० मा सर्वाधिक रन बनाएका हुन्।

एसिया कप २०२२ मा अफगानिस्तानविरूद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन्।

टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार नोभेम्बर २ मा बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

टी–२० विश्वकपमा कोहलीको नाममा यसअघि १ हजार १ रन थियो। टी–२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका कोहलीले चाहेको बेला विस्फोटक ब्याटिङसमेत गर्छन्।