काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानको लागि कलाकार प्रियंका कार्कीलाई बोलाएको छ।
क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछका लागि कार्कीलाई बोलाएको हो । आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी छिन्।
सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा तानिएकी हुन्।
उनी आफैँले बनाएर पोस्ट भएको हो वा अन्य मानिसले नै बनाए पोस्ट गरेको भन्ने बुझ्नको लागि उनलाई प्रहरीमा बोलाइएको हो।
यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुनेछ।