रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

न्युजलय १६ फाल्गुण २०८०, बुधबार १२:०० मा प्रकाशित

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–४ मानपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ ।

मानपुरबाट मर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प २०४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी–९ बस्ने अन्दाजी २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवा पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।