पेट्रोलको भाउ बढ्यो

न्युजलय ४ फाल्गुण २०८२, सोमबार १२:२१ मा प्रकाशित

 काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।

आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत छ  ।