सुन्दरहरैचामा जंगली भाले हात्ती मृत भेटियो

न्युजलय ३० जेठ २०८१, बुधबार ०२:३१ मा प्रकाशित

विराटनगर । मोरङमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको छ। सुन्दरहरैँचा ६ मा स्थानीयले लगाएको केराघारीमा हात्ती मृत अवस्थामा भेटिएको हो ।


हात्ती भर्खर युवा अवस्थामा प्रवेश गरेको र के कति कारणले मरेको हो भन्ने अनुसन्धान भईरहेको सव–डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ । मृत अवस्थामा भेटिएको दुवै दाह्रा सुरक्षित रहेको सव–डिभिजन वन कार्यालय सलकपुरका अधिकृत अमृत पन्तले जानकारी दिए ।


मृत हात्तीको पोस्टमार्टम पशु चिकित्सक, कोसीटप्पु वन्यजन्तु आरक्षणका कर्मचारीले गर्ने बताइएको छ ।


हात्ती मरेको विषयमा अनुसन्धान अघि बढाएको उनले बताए । हात्ती आफै मरेको हुन सक्ने प्रहरीको भनाई छ । मृत्युको कारण पोस्टमार्टमपछि थाहा पाइने उनले बताए । केही महिना अघि मात्र सुन्दरहरैंचामा एउटा हात्तीलाई गोली हानेर मारिएको थियो ।