काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पहिलो चरण छनोटको खेल नेपालले आयोजना गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ओलम्पिक छनोटअन्तर्गत पहिलो चरणको खेल नेपालले आयोजना गर्ने जनाएको हो।
आयोजक नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छन् । पहिलो चरणको छनोटबाट प्यालेस्टाइनले नाम फिर्ता लिएको छ।
नेपालले अब भियतनाम र अफगानिस्तासँग मात्र खेल्नेछ। छनोट खेल चैत २० देखि २८ गतेसम्म दशरथ रंगशालामा हुनेछ।