काठमाडौं । नेपाल टि २० लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल आलम तीन लाख धरौटीमा छुटेका छन् । आदिल, मेहबुब आलमसहित तीनै जना तीन लाख धरौटीमा छुटेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो ।
आदिलले अदालत सामु आफूले स्पट फिक्सिङ अस्वीकार गरेका थिए । आदिललाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत माघ ९ मा प्रकाउ गरेको थियो ।
महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआईबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसै अनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिए ।
सिआईबीले त्यो आइसिसीको नियम अनुसार एसियुलाई कुनैपनि जानकारी दिएका थिएनन् । आदिल अन्सारीले नेपाल टि २० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए ।