चैत ८ गतेबाट ग्रिन भेन्चर्सको आईपीओ खुल्ने

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०३:१० मा प्रकाशित

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत्र ८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ। 


कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गर्न लागेको हो।


जस मध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोष योजनाहरुको लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।


न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ।