काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से १.१८ अंकले घटेर २६२२.६५ विन्दुमा रोकिएको छ ।
आइतबार नेप्सेमा कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बुधबार भने नेप्सेमा कुल ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ ।