काठमाडौं । सुनको मूल्य बिहीवार(आज) घटेको छ। अघिल्लो दिनको तुलनामा सुन एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीवार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ।