कृषिमा कामदार नपाउँदा विषादीको प्रयोग बढ्दो

बाबुराम कार्की ३१ चैत २०७९, शुक्रबार ०५:४६ मा प्रकाशित

प्रकाशपुर । गाउँमा उत्पादन भएका धान, मकै, गहुँ, कोदो र तरकारीहरु केहि वर्ष अघिसम्म गाई वस्तुको मलबाट उत्पादन हुन्थ्यो । वजारमा गाउँको तरकारी भनेपछि त्यसैले राम्रै भाउ पाउथ्यो । तर, गाउँ घरमा कृषि कामदारको अभावसँगै विषादीको प्रयोग उच्च गतिमा बढ्दो छ । 

सुनसरी प्रकाशपुरका कृषक स्याम कटुवालले कृषि पेशा गरेको धेरै वर्ष भयो । कटुवालले ३ वर्ष देखि बाली गोडमेल गर्ने कामदार नपाउँदा झार मार्ने रेजर, अफसेट, मेसेटी, पmोर डि काल, मिसायल रसाईनको प्रयोग गर्दै आएका छन् । उनले यस हिउँदे बाली राजमा, मकै खेति लगाएको हप्तादिन भित्रै झार मार्ने विषादीको प्रयोग गरेका छन् । 

स्याम त प्रतिनिधि कृषक मात्र हुन् । गाउँ घरका सवै युवाहरु वैदेशिक रोजगारीमा गएपछि किसानहरुले कामदारको अभाव सगै विषादीको प्रयोग गरी खेति गर्न थालेका छन् । धान वालीमा झार मार्ने रेजर, अफसेट नामका झार मार्ने रसायनको प्रयोग गर्दै आएका छन् ।

‘झार मार्ने विषादी नहाने खेति नगर्दा पनि हुन्छ, प्रकाशपुरका कृषक कृष्ण वस्नेतले भने । विषादी नहान्दा गोड्ने जन पाईदैन पाए पनि महगो छ ।’ किसानहरुले झार मार्ने विषादी रहरले भने प्रयोग गरेका होइनन् । झार मार्ने विषादीको प्रयोग नगर्दा झारले विरुवा लाई छोप्ने र विरुवाले खाने खाद्य तत्व झारले खाने हँुदा विषादीको प्रयोग बाध्यताले गर्नु परेको कृषक जयराम कोइरी बताउँछन् ।

कोइरीले भने जन पाईहाल्यो भने पनि प्रति जन तिन छाक खाना दिएर ५ सयदेखि ६ सय रुपैया दिनुपर्छ । ६ सय रुपैयाको झारनाशक विषादीले दश कठ्ठामा स्प्रे गर्न पुग्छ । जन पाउन ग्राह«ो र विषादी नै सस्तो भएकाले किसानहरु विषादी प्रयोग गर्दे आएका छन् ।   

कृषि क्षेत्रमा जति प्रविधिहरु भित्रिदैछन्, ती प्रविधिहरु महङ्गा र साना कृषकको पहँुच भन्दा बाहिर छ । प्रविधि भएपनि सबै किसानहरुले प्रयोगमा ल्याउन सकिरहेका छैनन् । 

‘विषादी रहित बालीहरु नै हुन सकिरहेको छैन् । डुम्राहका कृषक चोलेन्द्र खड्का भन्छन् । बाली लगाएको दिनदेखि बाली नभित्राउँदासम्म विषादीको प्रयोग अनिवार्य नै भईसकेको छ ।’ झार मार्नेदेखि रोग किरा र ढुसी नियन्त्रण गर्ने सम्म विषादीको प्रयोग गर्नु परेको छ ।

विषादी प्रयोग विना केहि बाली नै हुन छाडियो प्रकाशपुरका कृषक दिलिप कविरथले वताए । झार मार्न किसानहरुले कडा मात्रामा विषादीको प्रयोग गर्दै आएका छन् । दिलिप भन्छन् ‘विकल्प नै छैन कृषकका लागी कि खेति बाजै राखनु प¥यो । खेति बाझो राखे के खाने ?’ खेति लगाउँदा विषादी प्रयोग गनेै प¥यो । 

सप्तकोसी एग्रो ट्रडस प्रकाशपुरका संचालक मिथलेस गुप्ता भन्छन्, ‘सबै भन्दा बढी कृषको माग विषादीकै हुन्छ । झार मार्ने देखी रोग किरा सबैमा झारनासक, किट नासक , रोग नासक र मुसानासक विसादीको माग बढी छ ।’ 

सप्तकोसी एग्रो ट्रडसले मात्रै वार्षिक १ हजार लिटरभन्दा बढी झोल विषादी बिक्रि गदै आएको मिथलेसले वताए । उनले भने धुलो विषादीको माग पनि तेतिकै मात्रामा छ । किसानहरुले बाध्यताले आग्र्यानिक खेति छोड्दै विषादी र रासायनिकको मात्र बढाउँदै गएका छन् ।