झुम्का कारागारबाट फरार इटहरीका दुई जना पक्राउ

न्युजलय २६ असोज २०८२, आइतबार ०६:४८ मा प्रकाशित

इटहरी । लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेर फरार भएका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी जिल्ला अदालतको थुनछेक आदेश अनुसार कारागारमा रहेका इटहरी –१७ लविपुरका ३१ वर्षीय नरेश चौधरी र ३६ वर्षीय अग्रदिप चौधरी गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।

फरार रहेका दुवै जनालाई प्रादेशिक अनुसन्धान समूह विराटनगरबाट खटिएको प्रहरी टोलीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा ल्याई आवश्यक कारबाहीपछि झुम्का कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।