झापामा साइकलबाट लडेर एकजनाको मृत्यु

न्युजलय २८ फाल्गुण २०८०, सोमबार ०२:३० मा प्रकाशित

झापा । झापामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार सोमबार बिहान बुट्टावारि नजिकैको सडक किनारमा राई मृत फेला परेका थिए । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साइकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

टाउको सडकमा बजारिएको,एकापट्टिको गाला धसारिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमको लागि धरान पठाइएको छ।