बेपत्ता ६५ वर्षीया कालीमाया काली झोडा जंगलमा मृत फेला

न्युजलय १२ असोज २०८०, शुक्रबार ०२:१३ मा प्रकाशित

झापा । गत सोमबार बिहान घरबाट आफूखुसी हिँडेकी ६५ वर्षीया कालिमाँया सार्की मृत फेला परेकी छन् । 


झापा मेचीनगर नगरपालिका–१२ बस्ने सार्कीलाई खोजी गर्ने क्रममा  सोही ठाउँस्थित कालि झोडा जंगलमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । 



अर्का मोरङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित हटिया छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।