घट्यो नेप्से

न्युजलय २९ साउन २०८३, शुक्रबार ०४:३४ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंक घटेको छ । शुक्रबारको गिरावटपछि नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ ।

बिहीबार नेप्से सूचक ८.८१ अंक बढेको थियो । शुक्रबार १ सय १ कम्पनीको मूल्य बढेको छ भने १ सय ६४ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकममा भने सुधार आएको छ ।

बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।