२०७८ साल कार्तिक ७ गते अाईतबार

आठ लाख सर्वसाधारणले छोडे उपत्यका, काठमाडौंका सडक सुनसान

न्युजलय २७ असोज २०७८, बुधबार ०६:५४ मा प्रकाशित
काठमाडौं । झण्डै ८ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेपछि उपत्यका सुनसान देखिएको छ । बडा दशैं मनाउनका लागि धेरै नेपालीहरू आफ्ना गाउँ फर्किएका छन् ।
 
बजार पनि लगभग ठप्प देखिन्छ। दशैंमा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले भने ठाउँठाउँमा चेकिङ गरिरहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार मध्यरातिसम्म सात लाख ९२ हजार बढीले उपत्यका छाडेका हुन्।

विभिन्न नाकाबाट ११ लाख ५ हजारभन्दा बढी सवारीसाधन काठमाडौंबाट बाहिरिएको महाशाखाले जनाएको छ । उपत्यकाको सडकमा सवारी साधन थोरै मात्र देखिएका छन् ।