विराटनगर । झापामा एक जना महिलाको शव फेला परेको छ।
सोमबार(आज) बिहान अर्जुनधारा नगरपालिका–६ बिहानीटोलमा ५० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक इलाम माई नगरपालिका–१ महमाई कलकत्ते माइती भई बिर्तामोड नगरपालिका–५ मा बस्ने ५० वर्षीया माया मगर छिन्।
उनको टाउकोमा ढुंगाले हिर्काएको जस्तो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
महिला मृत फेला परेपछि इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा टोली खटिएको छ। प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ।