नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा सञ्चारकर्मी पौडेल

न्युजलय १४ बैशाख २०८१, शुक्रबार ०९:४५ मा प्रकाशित

विराटनगर । नेपाल खेलकुद महासंघ सुनसरी संयोजकमा सञ्चारकर्मी विकल पौडेल चयन भएका छन् । कोशी प्रदेश कमिटीको छैठौ विस्तारित बैठकले पौडेललाई उक्त जिम्मेवारी दिएको हो ।


नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजक पौडेल र रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी दिएको हो ।


युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुदलाइ चुस्त दुरुस्त बनाइ अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताए । यसको लागि सुनसरीका सम्पुर्ण खेलाडी, युवा र नेताहरुबाट आफुलाइ सहयोग प्राप्त हुने विश्वास लिएको बताए ।