इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको मृत्यु, आइतबार शोक बिदा

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०१:१६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको छ। उपमहानगरपालिकामा कार्यरत हलुका सवारी चालक पुष्पलाल चौधरीको आज निधन भएको हो।  


चौधरीको निधनमा शोक व्यक्त गर्दै आइतबार इटहरी उपमहानगरपालिका र २० वटै वडा कार्यालय बिदा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिएका छन् ।