भोजपुर । भोजपृरमा विहीबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी एक शिशु, तीन पुरुष र तीन महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
को १ ज २५९३ नम्बरको जीप बिहीबार दिउँसो १२ः३० बजेतिर उदयपुरको बेलका नगरपालिका–७, बाखाकुवामा दुर्घटना भएको थियो । १४ जना सवार जीप दुर्घटनामा परेको थियो । घाइतेहरुलाई उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठानमा लगिएको छ ।
क्षमताभन्दा बढी यात्री भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चालकबाहेक अरु मृतकहरुको सनाखत हुन बाँकी रहेको बताइएको छ । जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।