काठमाडौ । शुक्रबार (आज) छापावाल सुनको मूल्य सामान्य बढेको छ ।
आज छापावाल सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ४०० ले घटेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर एक हजार २८० पुगेको महासङ्घले जनाएको छ ।