२०७८ साल कार्तिक ७ गते अाईतबार

ह्वाट्सएप, फेसबुक डाउन हुँदा टेलिग्राममा थपिए ७ करोड प्रयोगकर्ता

न्युजलय २६ असोज २०७८, मङ्गलबार ११:५३ मा प्रकाशित

काठमाडौं । गत सोमबारको राति संसारभर फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम तथा मेसेन्जरको सेवा अबरुद्ध फाइदा चाहीँ अर्को मेसेजिङ एप टेलिग्रामले उठाएको छ ।

ह्वाट्सएप लगायतका फेसबुकका सेवाहरु अबरुद्ध भएको दिन टेलिग्राममा थप ७ करोड नयाँ प्रयोगकर्ता जोडिएका छन् । टेलिग्रामका सिइओ पावेल डुरोभकाअनुसार फेसबुक आउटेजको समयमा टेलिग्रामले ठूलो परिमाणमा नयाँ प्रयोगकर्ताको दर्ता तथा गतिविधिमा किर्तिमानी वृद्धि हासिल गरेको छ ।