सुन तोलामा १८०० रुपैयाँ घट्यो

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार १०:५९ मा प्रकाशित

काठमाडौं । एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार(आज) घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १ हजार ३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।