काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार मृत्यु हुनेको संख्या नौ पुगेको छ । काठमाडौंको बानेश्वरमा हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएका नौजनाको मृत्यु भएको हो ।
राष्ट्रिय ट्रमा सेन्टरमा ६, काठमाडौं मेडिकल कलेजमा एक, सिभिल अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक गरी नौजनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन् ।
प्रदर्शनमा घाइतेको संख्या बढेपछि अस्पतालमा व्यवस्थापन गर्न मुस्किल भइरहेको छ ।