विराटनगर । घरमा प्रयोग गर्न भरेर राखेको पानीमा डुबेर मोरङको जहदामा एक बालिकाको मृत्यु भएको छ।
जहदा गाउँपालिका–३ भातीगन्जका फुदन हस्दाकी एक वर्षकी छोरी कृतिको आज मृत्यु भएको हो।
बालिका खेल्ने क्रममा घरमा सिल्भरको भाडामा भरेर राखेको पानी डुबेको बताइएको छ । बच्चाकी आमा अजिताले देखेपछि विराटनगरको कोशी हस्पिटल लिएर गएका थिए। हस्पिटल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमर्टम गर्न कोशी अस्पतालमा राखिएको छ।