काठमाडौँ । बिहीबार सेयर बजार झन् घटेको छ । नेप्से परिसूचक १८४८ अंकमा झरेको छ । बिहीबार नेप्से ४५.२५ अंकले घटेको हो । कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।
१५ कम्पनीको मूल्य बढ्दा २ को स्थिर रह्यो भने १७८ को घट्यो । आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको मूल्य ९ प्रतिशत घट्यो । ४ वाणिज्य बैंकको मूल्य हाल २ सयभन्दा तल झरिसकेको छ ।