दूधकोशी नदी उर्लिँदा थामे गाउँ बगायो, तटीय क्षेत्रमा सतर्कता अपनाउन सुचना

न्युजलय ३२ साउन २०८१, शुक्रबार ०४:०८ मा प्रकाशित

काठमाडौं । दूधकोशी नदि उर्लिँदा सोलुखुम्बुको थामे गाउँ बगाएको छ । 

बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा(५ मा पर्ने थामे गाउँका घर र भौतिक संरचना बगाएको हो । एक्कासी यति ठूलो बाढी आएपछि हिमताल फुटेको आशंका गरिएको छ ।


गाउँमा ४५ घर छन् । अहिलेसम्म मानवीय क्षतीको विवरण आइसकेको छैन । दिउँसो साढे एक बजे बाढी आएकोले मानिसहरुलाई भाग्न सजिलो भएको थियो । 


जल तथा मौमस विज्ञान विभागले बाढीबाट सतर्क रहन दुधकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।


यस्तै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्‍दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।