सुनचाँदीको भाउ बढ्यो

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०५:२५ मा प्रकाशित

काठमाडौँ । शुक्रबार(आज) सुनचाँदीको मूल्य बृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनलाई ९३ हजार ९०० रुपैयाँ पर्नेछ भने तेजावी सुनको मूल्य आज ९३ हजार ४०० रुपैयाँ रहेको छ । 

यता, चाँदी भने प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार हुनेछ ।