इटहरी रंगशालामा फ्लड लाइट जडान

न्युजलय २३ बैशाख २०८०, शनिवार ०२:१३ मा प्रकाशित

इटहरी । इटहरी रंगशालामा फ्लड लाइट जडान गरिएको छ । कोशी प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्डको सहकार्यमा दुई वटा फ्लड लाइट जडान गरिएको हो । 

फ्लड लाइट जडान भएपछि राती पनि खेल प्रतियोगिता गर्न सकिनेछ । थप फ्लड लाइट जडानका लागि पहल भइरहेको छ ।

लाइट जडानपछि अर्को पटकको इटहरी गोल्डकप रात्रीकालिन गर्ने योजना रहेको इटहरी गोल्डकपको आयोजक संस्था राष्ट्रिय जागृती क्लबले जानकारी दिएको छ ।