विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन अस्वीकार गरेका छन् ।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाइएको बताइएको छ ।
मन्त्रालयले विराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक बर्ष २०८३।८४ को बजेट मार्फत दुई करोड रकम बिनियोजन गरेको थियो ।