काठमाडौं । युएईमा जारी आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजअन्तर्गत अन्तिम खेलमा आज नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ । नेपाल–पिएनजीबीचको खेल बिहान सवा ११ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
यो श्रृंखलामा नेपालले तीन म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ । पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । पछिल्लो दुई खेलमा भने नेपालले युएईविरुद्ध लगातार हार बेहोर्यो ।
पिएनजी भने पछिल्लोपटक राम्रो लयमा देखिएको छ । उसले ब्याटिङरबलिङ दुवैबाट सन्तुलित प्रदर्शन गरिरहेको छ । पिएनजीले आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
हालसम्म नेपालले पिएनजीसँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेको छ । जसमा नेपालले सबै खेलमा जित हात पारेको छ ।