भोलिदेखि मौसममा सुधार

न्युजलय १५ कार्तिक २०८२, शुक्रबार १०:५३ मा प्रकाशित

 काठमाण्डौ । भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो ।

महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । रातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको छ । 

उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना छैन ।