काठमाडौं । आईफोन १५ प्रोको क्याड मोडेल अर्थात् कम्प्युटर एडेड डिजाइनको तस्वीर बाहिरिएको छ । तस्वीरअनुसार फोनमा यूएसबी सी पोर्ट देख्न सकिन्छ ।
यस्तो डिजाइन सामान्यतः कम्पनीहरूले मोबाइल सार्वजनिक हुनुअघि मोबाइलको केस अथवा कभर तयार पार्ने कम्पनीहरूलाई पठाउने गर्छन् । सोही तस्वीर बाहिरिएको हो ।
यो क्याड मोडेल चीनमा रहेको एप्पलको फ्याक्ट्रीबाट प्राप्त भएको बताइएको छ । साथै यो मोडलको तस्वीर एसियाली देशका कभर निर्माता कम्पनीलाई सर्कुलर गरिएको हो ।