विराटनगरबाट प्रदेश खारेजी आन्दोलन सुरु

न्युजलय २० असोज २०८०, शनिवार ०७:३८ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशबाट प्रदेश खारेजी आन्दोलन सुरु भएको छ । 


शनिबार सचेत नागरिक अभियानको नाममा प्रदेश खारेजी आन्दोलन सुरु भएको हो ।  नागरिकको लागि प्रदेश संरचना भारी भएको भन्दै सचेत नागरिकहरूले  आन्दोलन सुरु गरेका हुन् । 


कोशी प्रदेशको राजधानी विराटनगरमा सुरु भएको अभियानमा युवाहरूको सहभागिता बढी देखिएको छ। त्यसमा ज्येष्ठ नागरिकहरूले पनि सहमति जनाएका छन् । नाम मात्रको प्रदेश संरचनालाई नागरिकले थेग्न नसक्ने भन्दै उनीहरूले प्रदेश संरचना नै खारेज गरी नागरिकलाई करको भारबाट मुक्त गर्नु पर्ने उनीहरूको माग छ ।