काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट)सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले आज दिउँसो पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी नेपाल एयरलाइन्सको उडानमार्फत् भारतको दिल्ली जान लागेका थिए ।
थप अनुसन्धानका लागि श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ ।