काठमाडौं । बिहिबार(आज) सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ। बुधबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ पुगेको छ । बुधबार १३ सय ७५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।