‘हात्तीछाप’ को ‘मायालु’ बोलको गीत सार्वजनिक

न्युजलय १३ पुस २०८०, शुक्रबार ०२:५१ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘हात्तीछाप’ को ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ। 

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन्। 

हर्क साउँदको शब्द रहेको गीतमा प्रताप दास र ममता गुरुङको स्वर सुन्न सकिन्छ। उज्वल सागरको संगीत रहेको गीतमा विश्व अधिकारीले म्युजिक एरेन्ज गरेका छन्। 

सिमोस सुनुवार निर्देशित यस फिल्ममा दयाहाङ र उपासनासहित सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राईलगायतको अभिनय छ। 

किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ। यो फिल्म आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ।