संखुवासभामा खुकुरी प्रहार गरी पुरुषको हत्या

न्युजलय ११ कार्तिक २०८१, आइतबार १२:३३ मा प्रकाशित

संखुवासभा । संखुवासभामा खुकुरी प्रहार गरी एक पुरुषको हत्या भएको छ । जिल्लाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको हो ।

सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार भीमबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनामा संलग्न रहेकी दुर्गामायालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।