विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको धार्मिक र्यालीमा अवरोध भएपछि स्थिती तनावपुर्ण भएको छ । झडप हुन नदिन प्रहरीले हवाइफायर र अश्रुग्याँस प्रहार गरेको छ ।
विराटनगरको वडा नं. १५ र १७ विचको सिमानामा पर्ने रानीमा युवाहरुको अर्को समुहले र्यालीको बाटो अवरोध गर्न खोजेको आरोप लगाइएको छ । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।
थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यलय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।