इटहरी । १७ वर्षिया बालिकाको विवाह गराएको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
गत असोज २५ गते इटहरी २ हवाई चोकमा सेविका दर्नालले आफ्नी १७ वर्षिया छोरीको विवाह गराएकी थिइन् ।
सुचनाका आधारमा पुगेको प्रहरीले दुलाहा सन्दिप रसाईली, बेहुलाको बुवा कालुबहादुर रसाईली, बेहुलीकी आमा सेविका दर्नाल र बेहुलीलाई समेत पक्राउ गरी जिल्ला अदालतबाट बाल विवाह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।