२०७८ साल माघ ६ गते बिहिबार

ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद

न्युजलय २८ असोज २०७८, बिहिबार ११:४१ मा प्रकाशित


वीरगञ्ज । पर्सा प्रहरीले भारतीय ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखिएको एन एकल ०१ के ०७५४ नम्बरको एलपी ग्यास बोकेको ट्याङकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

जाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो ।

बरामद गरिएको गाँजासहित ट्यांकरलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ । 

फरार रहेका ट्यांकरका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।