नेप्से ६ महिनायताकै उच्च विन्दुमा

न्युजलय १५ फाल्गुण २०८१, बिहिबार ०९:५१ मा प्रकाशित

 काठमाडौँ । बिहीबार नेप्से सूचकांक ४९.१५ अंकले बढेर २,८१५.०४ बिन्दुमा बन्द भएको छ ।

सूचकांकले ६ महिनापछि पहिलो पटक २,८०० बिन्दुको तह पार गरेको छ। यसअघि भदौ १७ गते २,८३०.२ बिन्दुसम्म पुगेको थियो। साथै बिहीबारको कारोबारसँगै नेप्से लगातार आठ दिन बढेको छ।

बिहीबार १८६ कम्पनीका सेयर मूल्य वृद्धि भएका छन्। ५२ कम्पनीका सेयर घटेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

बिहीबार सबै कारोबार समूह हरियो रहेका छन्। सबैभन्दा धेरै वृद्धि बैंकिङ उपसूचकमा देखिएको छ।