काठमाडौँ । नेपाली यु–२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ ।
नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६–२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५–२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५–२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ गतेसम्म चल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्दा पुस ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।