३१ अंकले घट्यो नेप्से

न्युजलय ६ मङ्सिर २०८१, बिहिबार ०३:३५ मा प्रकाशित

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज ((नेप्से) का अनुसार आज परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो ।

आज बजारमा सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भयो । जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।