चितवनमा सवारी दुर्घटनाः १९ जना घाइते, ७ गम्भीर

न्युजलय ३१ साउन २०८०, बुधबार ०७:५१ मा प्रकाशित

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा कलेजको बसले बोलेरोलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बुधबार भरतपुर महानगरपालिका– ९ टिकौली जङ्गलमा मोटरसाइकल, स्कुटर र शव बोकेको गाडीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाट जाँदै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र.०३–००१ प ४१४७ मोटरसाइकलहरु र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सवारी साधनहरु एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको भरतपुर सरकारी अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक नवलपुर गैडाकोट नगरपालिका९ का २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्।